कार्कीको संसद भंगगर्ने निर्णय राष्ट्रपतिबाट सदर

90
फाइल फोटो

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद भंग गरेका हुन्।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकी थिइन्।

संसद विघटन गर्ने कार्की नेतृत्वको एक सदस्यीय मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिले सदर गरेका हुन्। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति जुटेको थियो।

राष्ट्रपति पौडेलले उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

समाचार वर्गहरू