सुशीलाको आगमन नेपालको नवोदयको संकेत – नरेन्द्र मोदी

74

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिँदै उनको आगमनले नेपालको नवोदयलाई संकेत गरेको बताएका छन् ।

मणिपुरमा आयोजित एक सभालाई सम्बोधन गर्दै मोदीले कार्कीको नियुक्तिलाई महिला सशक्तीकरणको महत्वपूर्णका रूपमा व्याख्या गरेका छन् ।

हिमालयको काखको नेपाल भारतको एक घनिष्ठ मित्र भएको भन्दै उनले दुई देश साझा इतिहास र आस्थाले जोडिएको साथै मिलेर अघि बढिरहेको बताए ।

मोदीले सभामा भने ‘म आज नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा १४० करोड भारतबासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई दिन चाहन्छु । मलाई विश्वास छ, उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तीकरणको एक बहुत उत्तम उदाहरण हो।

यस्तो अस्थिरताको वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोपरि राखेको भन्दै उनले भने, ‘नेपालमा पछिल्ला दुई-तीन दिनदेखि युवायुवती नेपालका सडकमा सरसफाइ र रङरोगनको मेहनत र पवित्र काममा जुटेको तस्बिरहरू सामाजिक सञ्जालमा देखेको भन्दै उनले भने, ‘यो सकारात्मक सोच, यो सकारात्मक कार्य प्रेरणादायी मात्र होइन, यो नेपालको नवोदयको स्पष्ट सङ्केत पनि हो । म नेपाललाई उसको उज्ज्वल भविष्यको लागि शुभकामना दिन्छु ।’

समाचार वर्गहरू