प्रधानमन्त्री कार्कीलाई तिब्बती धर्मगुरु दलाई लामाको बधाई

64

काठमाडौं – तिब्बती धर्मगुरु दलाई लामाले नेपालको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।

उनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘नेपाल र तिब्बतका जनताबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ। सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती निर्वासनमा आउनुपरेका शरणार्थीहरूलाई पुनःस्थापना गर्न नेपाल सरकारले र नेपाली जनताले दिएको सहयोगप्रति म अत्यन्तै आभारी छु।’

नेपालमा पछिल्ला वर्षहरूमा देखिएको समग्र विकास र समृद्धिको उनले प्रशंसा पनि गरे। ‘जब यस्तो प्रगतिले गरिब र आवश्यक परेका मानिसहरूको जीवनस्तरमा सुधार ल्याउँछ, त्यस्तो उपलब्धि अझ अर्थपूर्ण हुन्छ,’ उनले भनेको छ।

धर्मगुरु लामाले प्रधानमन्त्री कार्कीलाई सशक्त नेतृत्वको शुभकामना दिँदै चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्न शुभकामना दिएका छन् ।

समाचार वर्गहरू