बागमतीका सभामुख पाठकले दिए राजीनामा

66

काठमाडौं – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन्।

गत भदौ २३ गते जेनजी प्रदर्शनमा ‘राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेको’ घटनापछि आफू भावविव्हल भएको पाठकले बताएका छन्।

संविधान र प्रदेशसभा नियमावली, २०७४ अनुसार आज औपचारिक रूपमा सभामुख पदबाट राजीनामा दिएको उनले बताएका छन्।

राजीनामासँगै पाठकले बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई अवगत गराइएको जानकारी दिएका छन्।

समाचार वर्गहरू