मेरो होटल जलाएर ४० जनाको रोजगारी खोस्नु जेन-जी क्रान्ति हो ? – कोमल ओली

101
फाइल फोटो

काठमाडौं – जेनजी आन्दोलनका क्रममा एमाले सांसद् तथा गायिका कोमल वलीको दाङ स्थीत सञ्चालन रहेको होटलमा समेत आगजनी गरिएको छ ।

विहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन—जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् ।

उनले अगाडि भनेकी छन् ,जेन—जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ? के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन—जीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिईरहेका इसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति हात काँपेनन् ?’

आफूले सधैं साथ दिएको उमेर समूह जेन—जीको आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरुलाई कहिल्यै भलो नहुने उनले बताएकी छन् ।

जेन जीको आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली र घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गर्दै उनले आन्दोलनमा निर्दोषहरुले अनाहकमा ज्यान गुमाउँदा आफ्नो छाती चिरिएको बताएकी छन् ।

म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौं, उनले लेखेकी छन, यो होटल मेरो मात्र नभई गाउँको रगत—पसिनासँग जोडिएको थियो ।

बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाइयो ।

समाचार वर्गहरू