अख्तियारको छानबिनमा अर्थका अधिकारी

12

साझा खवर संबाददाता/काठमाडौं
अर्थ मन्त्रालय, भौतिक मन्त्रालय, गृहमन्त्रालय जस्ता आर्थिकरुपमा बढी नै चलखेल हुने मन्त्रालयमा रहेर दशकौ सम्म त्यो पनि फिल्डका कार्यालयमा रहेर आर्थिक अनियमितता गर्ने व्यक्तिउपर छानविन एवं कारवाही हुन नसक्दा आर्थिक अनियमितताले संस्थागतरुप लिदैं गएको छ । उल्लेखित मन्त्रालय र मन्त्रालयका उपल्लोतहका अधिकारीलाई प्रभावित बनाई आर्थिक लाभ लिने निकायमा सधैभरि रहने व्यक्तिको विवरण संङ्कल गरि छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भ गरेबाट सुशासनको केही अनुभुति भने अवश्य मिल्ने देखिएको छ । बजेटका हिसाबले महत्वपूर्ण मानिएका मन्त्रालयमा रहेर आर्थिरुपमा ठूलो स्केलमा चलखेलहुने ठाँउमा लामो समय रहेर काम गर्ने कर्मचारी उपर छानबिनको माग निकै लामो समय देखि हुदै आएको थियो । यो पटक मन्त्रालयले छानविन गर्न नसकिरहेको अवस्थामा अख्तियार बाट छानबिनमा तदारुकता देखाउँदा सुशासनको केही अनुभुतिको आशा पलाएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

बजेटका हिसाबले महत्वपूर्ण मानिएका मन्त्रालयमा रहेर आर्थिरुपमा ठूलो स्केलमा चलखेलहुने ठाँउमा लामो समय रहेर काम गर्ने कर्मचारी उपर छानबिनको माग निकै लामो समय देखि हुदै आएको थियो ।

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रालय मातहत रहेर लामोसमय देखि आर्थिक लाभ लिंदै आएका उपसचिवहरु शान्तिराम निरौंला, रामप्रसाद रेग्मी, तिर्थ चिलुवाल, केशवराज उप्रती, मान बहादुर पौडेल, हरि बस्याल, दिलिप अधिकारी, गोपाल खत्री, लेखनाथ शर्मा, टेक बहादुर अर्याल, जनकराज शर्मा, जय बहादुर भण्डारी लगाएत माथि छानविन प्रारम्भ भएको छ ।

उपसचिव निरौला नेपालगञ्ज भन्सारमा रहेर अर्थ मन्त्रालय तथा सो भन्दा माथिल्लो निकायमा रकम पु¥याउनु पर्छ भन्दै प्रत्येक गाडीबाट न्यूनतम एक लाख रकम उठाउने कर्मचारी हुन् । उनले काठमाडौं बुढानिलकण्ठमा चार रोपनी जग्गा समेत जोडेको स्रोतको दाबि छ । अर्का उपसचिव रेग्मी राजश्व अनुशन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीका विश्वास पात्र समेत हुन भने माहानिर्देशक मैनाली कै नाममा रेग्मीले पैसा समेत उठाउँदै आएका छन् । त्यस्तै हाल अर्थ मन्त्रालयमा कार्यरत उप सचिव चिलुवाल राजश्व अनुसन्धान विभागमा रहँदा एक करोड भन्दा माथिका डिलिङमा आफै सामेल हुने गरेको स्रोतको दावि छ ।

पोखराका प्रमुख व्यवसायि सँग राम्रै हिमचिम बढाएका उप सचिव उप्रेतिले आफैमाथि आइलागेको कारबाही बाट बच्न आफ्नै गृह जिल्ला झापा बाट राष्ट्रिय राजनितिको उपल्लो तहमा रहेका नेतालाई समेत प्रयोग गरेका थिए । फिल्डको कार्यालय मात्र रोजेर काम गर्न रमाउने उप सचिव पौडेल, बस्याल दुबैको छानविनका क्रममा अस्वाभाविक सम्पति देखिएको छानविनमा संलग्न स्रोतको दावि छ । अर्का उपसचिव अधिकारी विराटनगर कर कार्यालयमा रहेर अकुत कमाउने कर्मचारी भित्र पर्दछन् । अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातका प्रिय पात्रका रुपमा काम गर्दा त्यतिबेलै उनले मोरङ, सुनसरी लगाएतका जिल्लामा ठूलो स्केलमा घर जग्गा कारोबारमा लगानी समेत गरेको बताइन्छ ।

बिरगञ्ज भन्सारमा रहेर जाँचकीको सेटिङ् समेत आफै गर्ने उपसचिव खत्री अर्थमन्त्रालय भित्र उपल्लो तह सम्म राम्रै सेटिङ मिलाउने कर्मचारी भित्र जनिन्छन् । देखाउन तिन फिटे बाटो देखाएर काठमाडौंको बिशालनगर भित्र आलिसान महल निर्माण गरेर बसेका अर्का उप सचिव शर्माले परिवार कै पूर्व कर्मचारी मार्फत इन्भेष्टमेन्ट कम्पनी खडागरी रेमिटयान्स् कम्पनी र अपार्टमेन्ट तथा केवलकारमा ठूलै लगानी गरेको देखिएको अनुशन्धानमा संलग्न अधिकारीको दाबि छ ।

यस्तै अर्थोपार्जन कार्यालयमा मात्र रहन रुचाउने उपसचिव अर्याल मेची भन्सार प्रमुख हुन्, जो झापा कै व्यापारी लाई प्रयोग गरी पटक पटक कारवाही बाट बच्न सफल भएका थिए । तर यस पटक भने उनि उम्कनै नसक्ने स्रोतको दाबि छ । स्रोतले थप्यो यिनै अर्याल एयरपोर्ट भन्सार प्रमुख रहँदा ठूलो स्केलमा सुन नेपाल भित्रिएको सुरक्षा निकाएको दावि छ । फिल्ड मात्र रोज्ने उप सचिव द्धय शर्मा र भण्डारी समेत राष्ट्रिय राजश्व बृद्धि भन्दा व्यापारि संग साठगाँठ बढी गर्न रुचाउने कर्मचारी भनेर चिनिन्छन् ।

व्यवस्था बदलिँदा समेत राज्यले कर्मचारी लाई ठिक ढंगले परिचालन गर्न नसक्दा भ्रष्टप्रवृतिका कर्मचारीको मनोबल बढ्न पुगेको छ । जस्का कारण छोटै समयमा गणतन्त्रले समेत बद्नामी ब्यहोर्न पुगेको तथ्य बिर्सन मिल्दैन ।

समाचार वर्गहरू