अध्यक्षमा घनश्यामलाई अघि बढाउन झलनाथ सहमत

6

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा महासचिव घनश्याम भुसाललाई अघि बढाउने भएका छन्।

बुधबार खनालनिवास डल्लुमा भुसालसँगको भेटमा खनालले अध्यक्षमा भुसाललाई नै अघि बढाउने सहमति जनाएका हुन्।

नेकपा (एमाले) फुटेर बनेको एकीकृत समाजवादीको महाधिवेशन यही असार १६ गतेदेखि सुरु हुँदै छ। अध्यक्षमा पुनः दोहोरिन चाहिरहेका माधव नेपालले खनालको साथ खोजिरहेका वेला खनाल र भुसालबीच यस्तो सहमति भएको हो।

खनाल आफैँ पनि अध्यक्षका दाबेदार भएपनि नेपालसँगको प्रतिष्पर्धा असहज देखेपछी भुसाललाई अघि सार्न लागेका हुन् । चुनाव हुँदा खनालले भुसाललाई अघि सार्ने र सहमतिमा गए आफैं नेतृत्व गर्ने उनको रणनिति छ ।

महासचिव भुसाल भने पार्टीमा पुस्तान्तरणको मुद्दा अघि सार्दै खनालको साथ नपाएपनी प्रतिष्पर्धा गर्ने तयारीमा छन्।
 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू