काठमाडौं – नेपालका सरकारी निकायको सबै वेवसाइट डाउन भएको छ। सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सबै सरकारी वेवसाइटहरू डाउन भएका हुन्।
सरकारी सर्भर यसअघी जस्तै ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकिन हुन नसकेको गृहमन्त्रालय स्रोतले बतायो।
स्रोतका अनुसार सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन्। ह्याक भएको हो वा प्राविधिक कारण भएको हो। त्यसबारे अझै एकिन हुन सकेको छैन ।
केन्द्रीय सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टम पनि चलेको छैन। जसका कारण हवाई उडानलगायत अति आवश्यक काम कारबाही समेत ठप्प भएको छ ।