काठमाडौं – नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसद्मा प्रतिरक्षा गर्न आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले विज्ञहरूसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रष्ट पार्दै सांसदहरूलाई प्रशिक्षण दिएको हो।
सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरूलाइ जानकारी गराइएको र सदनमा थप शसक्त रुपमा धारणा राख्ने गरी अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
मुलुकको आर्थिक समृद्धिका साथै सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याए पनि विपक्षी दलले अध्यादेशका नाममा सरकारलाई हिलो छ्याप्ने काम गरेकाले आफ्ना सांसदहरूलाई अध्यादेशका बारेमा जानकारी गराइएको उनको भनाइ छ।