अपडेट : कोशीले खतराको तह पार गर्‍यो, ५६ वटै ढोका खुल्यो

73

काठमाडौं – सप्तकोशीस्थित कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ।

नदीले खतराको सतह पार गरेपछि ५६ वटै ढोका खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। अविरल वर्षाका कारण सप्तकोशीमा जलसहत पार गरेको छ।

कोशी क्षेत्र आसपास बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ। बिहान ९ः१५ बजे कोशीमा ४,३१,५२५ क्यूसेक मापन गरिएको छ। नदीमा बहाव बढ्दो अवस्थामा रहेकाले अति उच्च जोखिमपूर्ण अवस्था रहेको सुनसरी प्रशासनले जनाएको छ।

सप्तकोसी आसपासका सबै बासिन्दालाई पूर्ण सतर्कता अपनाउन आग्रह गरिएको र अति आवश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।

समाचार वर्गहरू