अबैध रुपमा भारततर्फ लादै गरेको स्याउ बरामद

5

धर्मेन्द्र प्रसाद यादव/ पर्सा – अबैध रुपमा नेपालबाट भारततर्फ लादै गरेको स्याउ ईप्रका नगवाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा आज बिहीबार वीरगञ्ज महानगरपालिका वडा नं।१६ भुटनदेवी स्थित सडक खण्डमा १०र१५ जना नामथर वतन यकिन नभएका मानिसहरुले टाउँकोमा बोकी अवैध रुपमा भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको ५९ कार्टुन स्याउ जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय नगवाबाट खटिगएको प्रहरी टोलीलाई देख्नसाथ स्याउ छाडी फरार भएकोमा उल्लेखित स्याउ वेवारिसे अवस्थामा फेला पारी बरामद गरी अनुमानित मुल्य रू २८२५० (अठाईस हजार दुई सय पचास) मुल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको पर्साका प्रवक्ता तथा सूचना अधिकारीप्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जनकारी दिए ।

समाचार वर्गहरू