अमेरिकाले रद्द गर्‍यो सहसचिव भट्टराई दम्पतिको ‘भिसा’

116

काठमाडौं – अमेरिकाले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) का नाममा जारी पाँच वर्षको ‘मल्टिपल इन्ट्री’ भिसा (प्रवेश अनुमति) रद्द गरेको छ ।

भिजिट भिसा तस्करी प्रकरणमा विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकाले भट्टराई दम्पतीका नाममा जारी भिसा रद्द गरेको हो ।

स्रोतका अनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

‘अध्यागमन कानुनको परिपालना गर्ने उच्च तहका अधिकृत नै आर्थिक लेनदेनमा परेर भिजिट भिसामा तस्करी गर्ने जस्तो गम्भीर अपराध आरोपमा मुछिएको विषयलाई गम्भीर रूपमा लिएर अमेरिकाले आफैं सहसचिव भट्टराईको भिसा रद्द गरेको छ,’ स्रोतले भन्यो, ‘यो विषय नेपालभित्रको मात्रै मामिला होइन, देशको अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको यस्तो किसिमको अपराधलाई विश्व जगत्ले कुन रूपमा लिन्छ र लिएको छ भन्ने कुरा पनि यसले स्पष्ट पारेको छ ।’

समाचार वर्गहरू