(अर्घाखाँची) – अर्घाखाँचीको नरपानीमा यात्रु बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना गम्भीर घाईते छन् । मृतकहरुको खनाखत हुन सकेको छैन ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा सडकबाट करीब ५ सय फिट तल खोंचमा खसेको थियो ।
गम्भीर घाइते मध्ये १० जनाको बुटवलमा उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले सडक तल भीर र जंगल भएकाले उद्धारमा समेत कठीनाईं भएको बताए । सामान्य घाईते २ जनाको अर्धाखाँची मै उपचार भइरहेको छ । मृतकहरुको सनाखत भएको छैन ।
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।