(धनगढी) – भारतमा सम्पन्न अलइन्डिया काली कुमाउ कपको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस क्लबले उचालेको छ । आईतबार भएको फाईनलमा देहरादुन क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ ले उपाधि कब्जा गरेको हो । देहरादुन क्लब उपविजेतामा चित्त बुझयो ।
प्रतियोगितामा गत वर्ष दिल्ली स्पोर्ट्स क्लबसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिम–११ यस वर्ष च्याम्पियन भएको हो । सुदूरपश्चिम ११ को जितमा विक्रम सिंहले ५ गोल गरे भने कमल देउवाले एक गोल थपे ।
सिंहले खेलको ९ औँ, ११ औँ, १८ औँ, ३१ औँ र ७७ औँ मिनेटमा गाले गरे भने देउवाले २४ औँ मिनेटमा गोल गरेको सुदूरपश्चिम–११ का अध्यक्ष सुरेश हमालले जानकारी दिए । सुदूरपश्चिम–११ ले २०७६ को पहिलो प्रतियोगितामा बिजय सुरुवात गरेको बताउँदै आगामी सहभागि हुने प्रतियोगितामा पनि सफल हुने बताए ।
अलईन्डिया फुटबल एसोसिएसनका महासचिव कुशल दाशले विजेतालाई पुरस्कार बितरण गरेका थिए । स्पोर्ट्स क्लब वेलफेयर सोसाइटी, चम्पावतले प्रतियोगिता आयोजना गरेको थियो । बिजेताले एक लाख भारु नगद रकम ट्रफि, मेडल र उपबिजेताले ५० हजार नागद ट्रफि, मेडल प्राप्त गरेका थिए ।
लगातार दुई वर्ष देखि उक्त प्रतियोगितामा सुदूरपश्चिम–११ सहभागिता जनाउँदै आएको थियो । गत वर्ष सेमिफाईनलमा चित्त बुझाएको सुदूरपश्चिम–११ ले यस वर्ष उपाधि उचाल्न सफल भयो ।