अवैध लागूऔषध सहित काठमाडौंबाट एक पक्राउ

111

(काठमाडौं) – लागू औषध सहित काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट धादिङ सेराङ गाउँपालिका १ बस्ने २१ वर्षीय देवराज लामालाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अवैद्य लागूऔषध गाँजा २ सय ५३ ग्राम र चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बस जाँच गर्ने क्रममा लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू