अष्ट्रेलियामा संकटकालको घोषणा

35

एजेन्सी – जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि अष्ट्रेलियामा संकटकालको घोषणा गरिएको छ । आगलागीका कारण प्रदुषित फैलिएपछि प्रभावित क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागिबाट अति प्रदुषित न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सात दिनका लागि सङ्कटकालको घोषणा गरेका हुन् । त्यहाँका सय भन्दाबढी ठाउँमा आगलागी भएको जनाइएको छ । त्यस क्षेत्रमा विषाक्त हावा फैलिएको र तापक्रम ५० डिग्री सेल्सीयससम्म पुगेको छ ।

अष्ट्रेलियामा प्रायः यो समयमा आगलागीका यस्ता घटनाहरु धेरै नै हुने गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू