काठमाडौँ, साझा खवर संवाददाता – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी सोमबार एक दिन मुलुकभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको हो ।
असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने उद्देश्यले मन्त्रालयले ओपीडी टिकट निशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै सम्पूर्ण संघीय अस्पताल तथा स्वास्थ्य संस्थालाई टिकट निशुल्क उपलब्ध गराउँन आग्रह गरेको छ ।