सुकुमबासी बस्ती भत्काउन बल्खु पुग्यो डोजर

57

काठमाडौं । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुमबासी बस्ती खाली गराउने सरकारको अभियान अन्तर्गत आजदेखि दोस्रो चरणमा डोजर चलाउने तयारी छ ।

घरटहरा भत्काउन अहिले बल्खुमा डोजर पुगेको छ । प्रहरीको बाक्लो उपस्थिति छ । मानिसहरू अझै सामान सारिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम सामान सारेका थिए । यो क्रम आज बिहानसम्म पनि जारी छ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।

समाचार वर्गहरू