काठमाडौं – वीर अस्पतालमा उपचारपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई हिरासत फर्काइएको छ।
उनलाई केही दिनअघि अस्पतालन भर्ना गरिएको थियो। उनमा स्वास्थ्यमा समस्या नदेखिएपछि हिरासत फकाइएको केन्द्रीय साइबर ब्युरो स्रोतले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईलाई उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन्। प्रसाई क्यान्सरको बिरामी हुन्।
अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनी पक्राउ परेका थिए ।