आगामी आवकाे लागि मेलम्चीको बजेट १ अर्ब ७६ कराेड ८४ लाख ५९ हजार

9

काठमाडौं – मेलम्ची नगरपालिका, नगर सभाको १६ औं अधिवेशन सम्पन्न भएको छ। आइतबार नगरसभामा नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

नगर प्रमुख तामाङले आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार पाँच सय रुपैयाँ बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो।

अधिवेशनले नगर प्रमुख एवं सभाध्यक्ष तामाङले प्रस्तुत गरेका नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेका बजेट र विनियोजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ।

सभामा आर्थिक विकास समिति संयोजक किरणदिप खड्काले सहकारी ऐन संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंछि ऐन २०८१ पेस गरेका थिए। लेखा समिति संयोजक कृष्ण मुरारी चौलागाईले पेस गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू