काठमाडौं – आज देशका बिभिन्न स्थानमा गङ्गादशहरा मेला मनाइँदैछ । हरेक वर्ष जेठ शुक्लदशमीको दिन मनाणने यो मेलामा केहि स्थानियतहले सार्वजनिक बिदा समेत दिएका छन् ।
यसैक्रममा मेलाको अवसरपारेर रसुवाको गोसाइँकुण्ड, कैलालीको बेहडाबाबालगायतका धार्मिक स्थलमा दर्शनार्थीको घुइँचो लागेको छ ।
मेलाका अवसरमा धनगढी उपमहानगरपालिकामा आज बिदा दिइएको छ । यस्तै कञ्चनपुरका चार पालिकाले पनि आज सार्वजनिक बिदा दिएका छन् ।
यस्तै बेलौरी नगरपालिका–५ भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
बेलौरी र पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिकाले आज एक दिनको बिदा दिएका छन् भने लालझाडी गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
डटीको खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा ‘गंगा-दशहरा’ मेला लाग्ने परम्परा छ । सोही परम्पराअनुसार नवमीदेखि नै खप्तडमा दर्शनार्थीहरूले मेला भर्न सुरु गरेका छन् ।
परापूर्व कालदेखि खप्तडमा बाजुरा, अछाम, बझाङ र डोटीका बासिन्दाले मेला भर्दै आएका छन् । पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू धर्मावलम्बीहरूको आकर्षण बढेको छ खप्तड। यसकारण खप्तड गंगा–दशहरा मेलालाई पनि पछिल्लो समय देशकै ठूलोमध्ये एक धार्मिक मेलाका रुपमा लिन थालिएको छ ।