आज सिंहदरबारमा भेटवार्ता गर्दै तीन शीर्ष नेता

39
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदै छ।

सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्ष दलका तीन शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता हुने तय गरिएको हो।

तीन शीर्ष नेताबीच अपराह्न ४ बजे भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए।’दिउँसो ४ बजे शीर्ष तीन नेता मात्रै छलफलका लागि बस्ने तय भएको छ’, उनले भने।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ। त्यसका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठन हुन सकेको छैन। सिफारिस समितिमा सहमति जुटाउन तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको खरेलले बताएका छन्।

समाचार वर्गहरू