मध्यविन्दु/काठमाडौँ– आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनका कम्प्युटर अधिकृत घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार रुपैयाँ घूससहित पक्राउ गरेको गरेको हो ।
विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस लिईसकेको अवस्थामा अधिकारीलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
