आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

29

काठमाडौं – काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका राहत शिक्षक र सरकारबीच सहमति भएको छ।

आज शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको दुई पक्षबीचको वार्तामा सहमति भएको हो। सहमति भएसँगै राहत शिक्षकले तत्कालका लागि तय भएका सबै आन्दोलनका कार्यक्रमहरू पनि स्थगित गरेका छन्।

आजको वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए।

शिक्षा मन्त्री राईले आन्दोलनरत राहत शिक्षकहरूसँग सहमति गरिएको बताए। शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको उनको भनाइ छ। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष अधिकारीले ५ बुँदामा सहमति गरिएको बताए।

शिक्षकहरूको प्रतिस्पर्धामा राहत शिक्षकले पनि शत प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने, राहत शिक्षक स्थायी भएको खण्डमा अस्थायी अवधि पनि गणना हुने सहमति भएपछि आन्दोलन स्थगित भएको छ। अध्यक्ष खेमराज अधिकारीले सहमति कार्यान्वयन हुने विश्वास रहेको बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू