आपसी कारबाहीमा परे तरुण दलको अध्यक्ष र महासचिव

9

साझा खवर संवाददाता/काठमाडौं

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीको विवाद सँगै शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको पत्र पठाएका छन् ।

शनिबार अध्यक्ष बस्नेतले शाहीलाई महासचिव सहित  सदस्य पनि नरहने गरी हटाएको पत्र पठाए । कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत बोधार्थ दिइएको पत्रमा शाहीलाई अनुशासनहीन काम गरेको आरोप लगाइएको छ ।

त्यसलगत्तै शाहीले महासचिवको हैसियतमा अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको पत्र लेखे । उनले बस्नेतमाथि अख्तियार घेराउको कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार नगरेको, बाढी पीडितको नाममा संकलन गरेको राहतमा घोटाला गरेको लगायतका आरोप लगाएका छन् ।

उनले बस्नेतलाई कारबाही गरिएको वक्तव्यको बोधार्थ कांग्रेस केन्द्रीय कार्यालयमा पठाएका छन् । यसअघि बस्नेत र शाहीले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेको घोषणा गरेका थिए ।

समाचार वर्गहरू