आफूमाथिको गाली सहन्छु, तर संविधान र प्रणालीको अपमान सहन्न – प्रधानमन्त्री

139

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने उनको भनाई थियो ।

मंगलबार संसद वैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बलियो बनाउने र राष्ट्रिय एकता कायम गर्ने गरी संविधान संसोधन गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘म आफूलाई आलोचना, विरोध, गाली सहन्छु तर सहितदप्रतिको अपमान, बलिदानप्रतिको अपमान, विगतका संघर्षको अपमान, प्रणालीको अपमान, संविधानको अपमान यो कुरा सैह्य हुँदैन । माननीयज्यूहरुले बोल्दा यी कुराहरुमा संयम अपनाएर बोलौं ।’

कुनै पनि कुरालाई संसदले हल्का ढंगले लिनु नहुने ओलीले बताउँदै उनले थपे, ‘संसद भनेको प्रणाली र संविधानभित्रबाट क्रियाकलाप गर्ने ठाउँमा हो । यहाँ बलिदानको धज्जी उडाउने र यसलाई मजाक बनाउने कुरा नगरौं ।’

समाचार वर्गहरू