आफ्नै छोरीलाई करणी गर्ने बाबू पक्राउ

24

सिन्धुपाल्चोक – आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका बस्ने एक पुरुषले आफ्नै छोरीलाई पटकपटक करणी गरेको भन्दै उजुरी आएपछि इलाका प्रहरी कार्यालय मेलम्चीले निजलाई पक्राउ गरेको हो । 

करणी गर्ने बुवालाई प्रहरीले यही भदौ १९ गते घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । एकचालीस वर्षीय पुरुषलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी इप्रका मेलम्चीमा अनुसन्धान भइरहेको तामाङले बताए ।

समाचार वर्गहरू