आयरल्यान्डसँग नेपाल १३ रनले पराजित

11

काठमाडौं – पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा बुधबार आयरल्यान्डसँग नेपाल १३ रनले पराजित भएको छ ।

ओमानमा जारी प्रतियोगितामा नेपालले पहिलो हार व्यहोरेको हो । हङ्कङ र आयरल्याण्डलाई समान ४ विकेटले पराजित गरेको नेपाल आफ्नो तेस्रो खेलमा आज आयरल्याण्डसँग १३ रनले पराजित हुन पुग्यो ।

आजको हारपछि नेपाल ४ अंकमा तेस्रो स्थानमा कायम छ भने आयरल्याण्ड ६ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपाललाई उपाधि यात्रा कायम राख्न अहिले केहीबेरमा सुरु हुने नेदरल्याण्ड्स विरुद्धको खेलमा ओमान पराजित हुनु पर्नेछ । नेपालले भोली ओमानलाई हराउनु पर्नेछ । ओमानको २ खेलबाट ४ अंक छ ।

जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपाल १९ दशमलव ५ ओभरमा १ सय ३२ रन बनाएर अलआउट भयो । नेपालका लागि आरिफ सेखले २६ र कप्तान पारस खड्काले २५ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ८ विकेटमा १ सय ४५ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान पउल स्टर्लिङले ४७ बलमा ५९ रन बनाए । त्यस्तै एन्डी बलबिरनीले ३८ र स्टुवार्ट थमसनले २१ रन बनाए ।

समाचार वर्गहरू