आर्थिक सर्वेक्षण – आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै

8

काठमाडौं – चालु आर्थिक वर्ष २०७९÷८० मा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने पक्षपण सरकारले गरेको छ।

आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हरेको अवस्थामा अर्थमन्त्री डा. रामशरण महतले आइतबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा देशको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने जनाएको हो।

गत वर्षभन्दा देशको आर्थिक वृद्धिदर आधाले घट्ने अनुमोदन सरकारले गरेको हो। गत वर्ष ५.४६ प्रतिशत वृद्धिदर हासिल भएको थियो।
अर्थमन्त्री महतले संसदमा पेश गरेको सर्वेक्षणमा चालु आर्थिक वर्ष २०७९/८० मा कृषि र गैरकृषि क्षेत्रको उत्पादन (कुल मूल्य अभिवृद्धि) क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशतले बढ्ने अनुमान छ।

सरकारको सार्वजनिक ऋण एक वर्षमा ६७ अर्बले बढेको छ। अर्थमन्त्रालले सार्वजनिक गरेको चालु वर्षको आर्थिक सर्वेक्षण २०७९/८० ले सरकारको कुल सार्वजनिक ऋण बढेर २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको हो उल्लेख गरेको हो।

२०७९ फागुनसम्म आन्तरिक ऋण १० खर्ब १० अर्ब २८ करोड र बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड पुगेको थियो। जस अनुसार सरकारको कुल सार्वजनिक ऋण दायित्व २० खर्ब ८० अर्बमा पुगेको हो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू