इन्द्रावती गाउँपालिकामा एमालेको जित

9

काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५१३ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विकास लामा ६ हजार १५२ र उपाध्यक्ष दयाकुमारी मिश्र ६ हजार ४६३ मत ल्याएर पराजय बेहोरेका छन् ।

निर्वाचित नेपाल नेकपा एमालेका निर्वतमान अध्यक्ष हुन्, भने लामा कांग्रेसका पूर्व जिल्ला सभापति हुन् ।

माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १३४ मत ल्याएका छन् ।

अघिल्लो ०७४ स्थानीय तह निर्वाचनमा कांग्रेसका वंशलाल तामाङसँग केही मतले हारेका नेपाल यसपटक यही पदमा दोहोर्‍याएका थिए ।

१२ वडा रहेको यो पालिकामा १, ३, ५, ६ र ९ गरी पाँच वडा अध्यक्ष एमालेले जितेको छ भने कांग्रेसले २, ४, ८, १० र ११ गरी पाँचै वडा अध्यक्षमा जित हात पार्दा माओवादी केन्द्र ७ र १२ मा वडा अध्यक्षमा विजयी भएको छ ।

समाचार वर्गहरू