ईयू अन्तर्गतका ८ देशमा देखियो कोरोनाको नयाँ प्रकार

23

काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले युरोपेली संघ अन्तर्गतका आठ ओटा देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको पुष्टि गरेको छ ।

डब्ल्यूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले ट्वीट गर्दै नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्थापनको आवश्यकता औँल्याएका छन् । कोरोनाको पुरानो भाइरसको तुलनामा नयाँ प्रकारको भाइरसले युवा र बालबालिकाहरुलाई पनि बढी प्रभाव पारेको उनको भनाई छ ।

यसको गुण, लक्षण, असर लगायतका बारेमा अध्ययन अनुसन्धान जारी रहेको र त्यसको नतिजा आएपछि मात्रै थप रणनीति बनाउने उनले बताए । उनले ती ८ वटा सबै राष्ट्रको नाम भने खुलाएनन् ।

यद्यपि, हालसम्म यूरोपेली संघ अन्तर्गतका इटाली, फ्रान्स, स्पेन, डेनमार्क, नेदरल्याण्ड लगायत मुलुकमा नयाँ प्रकारको भाइरस देखा परेको छ । त्यस बाहेक बेलायत, दक्षिण अफ्रिकामा पनि नयाँ प्रकारको भाइरस देखा परिसकेको छ परिवर्तित भाइरस पूरानो भाइरस भन्दा ७० गुणा बढी फैलिने बताएको छ ।

डब्ल्यूएचओले भौतिक दूरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायत उपायहरुलाई कडाइका साथ अवलम्बन गर्न आग्रह गरेको छ ।

समाचार वर्गहरू