ई-बिडिङ ‘ह्याकिङ’ प्रकरणमा विक्रम पाण्डेसहित ९ जना पक्राउ

111

काठमाडौँ – राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर आफ्नो कम्पनीलाई ठेक्का पारेको आरोपमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पाण्डेलाई काठमाडौँबाट पक्राउ गरेको हो। उनी २०७९ सालमा सहरी विकासमन्त्री भएका थिए।

पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन्। राप्रपा नेता पाण्डेविरूद्ध सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ सालमा मुद्दा दायर गरेको थियो।

त्यस्तै सीआईबीको टोलीले शुक्रबार नै भिषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ। श्रेष्ठलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

सीआईबी स्रोतका अनुसार ई-गभर्नमेन्ट प्रोक्युपमेन्ट सिस्टम ह्ययाक गरी ठेक्का लिने कार्यमा संलग्न ९ जना निर्माण व्यवसायीहरू पक्राउ परिसकेको सीआईबीले जनाएको छ।

समाचार वर्गहरू