देश निर्माणमा मुलुक बाहिर रहेको जनशक्तिको भुमिका महत्वपूर्ण रहेको छ : अध्यक्ष दाहाल

7

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले मुलुकको नीति नियम बनाउने यो बैचारिक सुझावले मुलुक समृद्धिको महान अभियानमा एक इट्टा थपिने बिश्वास गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजीत ‘गैरनेपाली खेम शर्माद्वारा लिखित ‘नेपालवाद’ डिजिटल पुस्तकमालाको लोकार्पण समारोहलाई सम्बोधन गर्नेक्रममा सो कुरा बताएका हुन् ।

उनले नेपाल निर्माणका लागि मुलुक बाहिर रहेको जनशक्तिको भुमिका महत्वपूर्ण रहेको बताउँदै लेखकले विवेकशील मनहरुलाई नेपाल निर्माणका लागि ध्यानाकर्षण गराउनु भएकोमा धन्यवाद समेत दिएका छन् ।

उनले देश योजनाले मात्रै होईन दृष्टिकोणले बन्छ भन्ने लेखको धारणामा मेरो पुर्णतः समर्थन रहेको छ । उनले एउटा बौद्धिक जिम्मेवारी र राष्ट्रिय सवालको उठान यी पुस्तकहरुले गरेको बताएका छन् । उनले यसको परिणाम नेपाल निर्माणका पक्षमा आउने कुरामा म विश्वस्त रहेका समेत बताएका छन् ।

सो कार्यक्रममा डा.सुरेश तिवारीले पुस्तकको समिक्षा गर्दै देश सफा गर्ने अभियानमा लागेका खेम शर्माले मुलुक सफा गरेर मात्रै होईन वाद र सिद्धान्तले मात्र नचल्ने निष्कर्षमा पुगेपछी यी पुस्तक जन्मेको बताएका छन ।

उनले गैर नेपालीहरुको सीप क्षमता दक्षताको अत्यधिक उपयोग गर्नुपर्ने पुस्तकहरुको ध्येय रहेको बताएका छन् । उनले सात वटा खम्बाबाट समृद्ध मुलुक निर्माणका २४ वटा आधार पुस्तक मार्फत तयार पारिएको बताए । लेखक शर्माले एउटा सोच एउटा जिम्मेवारी सहित नेपाललाई कसरी समुन्नत बनाउने भन्ने राष्ट्रिय प्रश्न सार्वजनिक, सम्भावनाले मात्रै देश बन्दैन, यी पुस्तकहरु राष्ट्रिय मार्गदर्शनका दस्तावेज भएको बताएका छन् ।

जसले राष्ट्रिय बहसको सुरुवात गरेको समेत उनले बताएका छन् । उनले बिश्व रेकर्ड कायम रहेको समेत बताए । पचास बर्ष पछिको नेपालको जग निर्माण भएको समेत उनले बताए । उनले एनआरएनएले नै एउटा ज्ञान् मञ्च बनाउन आग्रह गर्दै सो मञ्चमा पुस्तक बिक्री भएकोमध्ये ५० प्रतिशत रोयल्टी ज्ञान् मञ्चलाई प्रदान गर्ने समेत घोषणा गरेका छन् ।

सो कार्यक्रममा डा.उपेन्द्र महतोले देश समृद्ध भएमात्र जनता र समााज समृद्धि हुने बताएका छन् । उनले देश समृद्ध भएन भने व्यक्तिगत सफलताको कुनै महत्त्व नहुने समेत बताएका छन् । उनले त्यसको मर्म बुझ्दै हामीले एनआरएनको स्थापना गरेको बताउदै भगवानले बनाएको देशलाई ध्वस्त होईन निर्माण गर्न हामी जिम्मेवार हुनुपर्ने बताएका छन् ।

लेखक खेम शर्माले पुस्तक मार्फत हाम्रो पिडा र मुलुक निर्माणको हुटहुटी पस्केको उनले बताए । उनले संसारका सबै नेपालीलाई आफ्नो देश नबिर्सन अनुरोध गरेका छन । गैर आवासीय नेपाली हरुको आर्थिक र बौद्धिक लगानी नेपालका लागि सधैं महत्त्वपूर्ण रहने समेत उनले बताए ।

कार्यक्रमको संयोजन एनआरएनले गरेको थियो भने सहजीकरण प्रेस काउन्सिल नेपालका पुर्व सदस्य राजनीतिक विश्लेषक सुदर्शन आचार्यले गरेका थिए  ।

 

समाचार वर्गहरू