उज्वल थापाको स्वास्थ्य अवस्था ‘गम्भीर’

12
फाइल फोटो

काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको  स्वास्थ्य अवस्था गम्भीर बनेको छ । थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले डाक्टरहरुले सकेको गरिरहेको तर स्वास्थ्यमा सुधार नआएको बताएका छन् ।

‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ’, मिश्रले फेसबुकमा लेखेका छन्, ‘डाक्टरहरूले सकेको गरिरहेका छन्।’ विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेका अनुसार थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा इक्मोको सहायताले उपचार भइराखेको छ ।

‘हिजोदेखि उज्ज्वल दाइको स्वास्थ्य अवस्थामा सुधार भएको छैन’, संयोजक पाण्डेले भने, ‘स्वास्थ्य अवस्था जटिल नै रहेको छ।

मेडिसिटि अस्पतालमा भेन्टिलेटर र इक्मोको साहायताले उपचार हुँदै छ।’ कोरोना संक्रमण पुष्टि भएपछि करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पतालमा उपचार असम्भव भएपछि थापा तीन चारदिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

समाचार वर्गहरू