उज्वेकिस्तानले उचाल्यो नाडेज्डा कपको उपाधि

10

काठमाडौं – नाडेज्डा कपको प्रतियोगितको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानमा सम्पन्न नाडेज्डा कपको फाइनलमा नेपाललाई पराजित गर्दै उज्वेकिस्तानले उपाधि उज्वेकिस्तानले उचालेको हो ।
नेपाली महिला राष्ट्रिय फुटबल टिम किर्गिस्तानको काराकोलमा भएको नाडेज्दा कपमा पनि उपविजेतामै सीमित बन्यो ।

बिहीबार भएको फाइनलमा नेपाललाई ३–२ ले हराएर उज्वेकिस्तान च्याम्पियन भयो । यसमा दुई गोल गर्दै सावित्रा भण्डारी नेपालको लागि सर्वाधिक ३५ गोल गरेकी अनु लामाको कीर्तिमान बराबरी गरिन् ।

१३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा किर्गिस्तान पुगेको नेपाली टिमविरुद्ध फाइनलमा उज्वेकिस्तानले ६४ मिनेटभित्र ३–० को अग्रता लिएको थियो । त्यसपछि सावित्राले दुई गोल गरेकी थिइन् । उनले ६७ औं मिनेट र इन्ज्युरी टाइममा प्राप्त पेनाल्टीमा गोल गरेकी थिइन् ।

खेलको ३९ औं मिनेटमा पहिलो गोल गरेको उज्वेकिस्तानले ५५ र ६३ औं मिनेटमा गोल गर्दै ३–० को अग्रता बनाएको थियो ।

६७ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै अन्तर घटाएकी थिईन । उनैले ईज्युरी समयमा पाएको पेनाल्टीको अवसरलाई जाली चुमाउँदै नेपाललाई ३–२ को अवस्थामा पुर्याईन । त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा सोही नतिजा निर्णायक बन्यो ।

यो संगै नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना तुहिएको छ । समूह चरणमा भएको भेटमा पनि उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो ।

समाचार वर्गहरू