उपचारपछि पहिलोपटक संसद पुगे डा. चन्द्र भण्डारी

8

काठमाडौं – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका छन्।

आगलागीमा परेर घाइते भएका उनले भारतमा उपचारपछि पहिलोपटक मर्यादापाकको सहयोगमा रोस्ट्रमसम्म पुगेर संसद् बैठकमा धारणा राखेका हुन्।

बैठकमा बोल्दै उनले नेपालमा डाक्टरहरू अब्ब्ल भएको तर व्यवस्थापनमा समस्या रहेको बताए। सरकारले डाक्टरहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

सांसद भण्डारीले गाउँगाउँमा विज्ञान र प्रविधिका उपलब्धि पुर्याए पनि त्यसको प्रयोगबारे सिकाउन नसकिएको बताउँदै यी विषयहरू पाठ्यक्रम बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।

यसैगरी सांसद भण्डारीले सरकारले आफुलाई दिने उपचार खर्च जलन उपचार अस्पताल बनाउन पनी आग्रह गरेका छन् ।

फागुन ३ गते आगलागीमा परी घाइते भएका उनको उपचार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनी वैशाख १७ गते स्वदेश फर्किएका हुन्।

बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू