(काठमाडौं) – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गरेको छ । आयोगले कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा, भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङ ३ (ख) को प्रदेशसभाका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।
निर्वाचन आयोगले प्रकाशन गरेको नामावली अनुसार कास्क २ मा बाहेक अन्य ठाउँका कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
कास्की २ मा ११ दल र ११ स्वतन्त्र गरी २२ जनाले मनोनयन दर्ता गरेकोमा स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका छन् । अब २१ जना चुनावी मैदानमा हुनेछन् ।
भक्तपुर १ (क) मा ९ दल र १० स्वतन्त्र गरी १९, बागलुङ २ (ख) मा ८ दल र २ स्वतन्त्र गरी १० जना र दाङ ३ (ख) मा १२ दल र २ स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् ।
एक प्रतिनिधिसभा सदस्य र ३ प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका ६४ जना मध्ये ५५ पुरुष र ९ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको मनोनयन भने २७ गतेका लागि तोकिएको छ ।