उपाधिका लागि लिटल फ्लावर र हिमालयन भिड्ने 

18

(धनगढी) – धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटल फ्लावर स्कूल र हिमालयले वाईट हाउस भिड्ने भएका छन् ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सोमबार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टीम उपाधिका लागि भिड्न लागेका हुन् । पहिलो सेमिफाईनलमा लिटल फ्लावरले नोवेल एकेडेमीलाई ३ विकेट हरायो भने दोस्रो सेमिफाईनलमा हिमालय वाईट हाउसले शारदा विद्या निकेतनलाई २२ रनले पाखा लगायो ।

सोमबारको पहिलो सेमिफाईनलमा टस जितेर पहिले व्याटिंङ गर्दै नोवेलले १५ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै ५४ रनको झिनो योगफल खडा ग¥यो । सो इनिंसमा कुनै पनि व्याट्सम्यानले दोहोरो रन अंक बनाउन सकेनन् । नोवेलको पारीलाई धरायसी बनाउने क्रममा लिटल फ्लावरका दिपक रोकायले सर्वाधिक ५ विकेट लिए ।

त्यस्तै किशोर सिंहको नाममा दुई विकेट रह्यो । ५५ रनको सामान्य पूरा गर्नका लागि लिटल फ्लावरलाई मुस्किल भयो । उसले १२ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पूरा ग¥यो । लिटलका लागि अनिल थापाले १३ रन र विपिन रावलले ११ रन बनाए । नोवेलका लागि अर्जुन सावदले दुई विकेट लिए ।

दोस्रो सेमिफाईनलमा हिमालय वाईट हाउस र शारदा विद्या निमेतज बीचको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै हिमालयन वाईट हाउसले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ९ रन बनायो । सो पारीमा सुमित श्रेष्ठले २३ रन र विवेक बुढाथोकीले १६ रन बनाए ।

शारदाका लागि अर्जुन सावद र नरेन्द्र सावदले दुई विकेट लिए । एक सय १० रनको लक्ष्य पछ्याएको शारदाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनाए । अनिल थापाले १३ रन र विपिन रावलले ११ रन बनाए । अरुले दोहोरो रन अंक बनाउन सकेनन् । हिमालयका लागि विक्रम ठगुन्ना, नारायण जोशी र आरियो पौडेलले दुई विकेट लिए ।

समाचार वर्गहरू