एकैदिन ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

11

काठमाडौं – केही दिन अघि घटे्को सुनको मूल्य फेरि बढ्न थालेको छ । असोज ९ गतेदेखि लगातार घटेको सुनको मूल्य बुधबारदेखि पुनः बढ्न थालेको हो ।

बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो । लगातार घटेर ७० हजार रुपैयाँभन्दा तल झरेको सुनको मूल्य फेरि बढेर ७० हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

यसअघि भदौ १८ गते सुन हालसम्मकै उच्च मूल्य ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

समाचार वर्गहरू