एकै पटक २४ पुस्तक प्रकाशन गरेर खेम शर्माले राखे विश्व कीर्तिमान कायम

9

काठमाडौं । स्वदेशलाई छोडर अष्टेलियामा रोजगारीका क्रममा खेम शर्माले धेरै पसिना बगाए । पसिना बगाउदै गर्दा उनको मनमा रहेको समाजसेवा गर्ने र आफ्नो देशको विकासमा इट्टा थप्ने हुटहुटी झन झन बढ्दै गयो ।

सोही हुटहुटीकै कारण शर्माले अष्टेलियाबाट स्वदेश आएको समयमा पहिलो पटक आफैले त्रिभुबन अन्तराष्ट्रि विमान स्थलको सरसफाई गरेर सामाजिक कार्य सुरु गरे । सो सरसफाईबाट उनको समाजसेवासंगै उनले लेखक कार्यलाई समेत अगाडी बढाउदै जादाँ अहिले एकै पटक २४ वटा पुस्तक प्रकाशन गरेर अन्तराष्ट्रिय किर्तिमान समेत कायम गर्न सफल भएका छन ।

जति टाढा उति देशको माया गाढा भन्ने भाव उनको मनको अन्तरकुन्तरमा गढेर रहेको थियो। यो उक्ति खासमा लामो समय अष्ट्रेलिया बसोबास गरेका खेम शर्माले देशको विकासको बाटोमा इट्टा थप्ने समेत कार्य गर्दै आए ।

किनकि उनको कर्म विदेशी भूमिमा भए पनि स्वदेशको मुहान फेर्ने काममा बढी केन्द्रित रहेको थियो । तर अहिले पनि केही वर्षदेखि यहाँ नेपालमै बस्न थालेका छन् । केही नयाँ गरौँ, देशको मुहार फेरौँ भन्ने ध्येयका कारण नै आफूलाई जन्मभूमिले तानेको उनको अनुभव छ ।

हेर्दा, सुन्दा सामान्य लाग्ने सरसफाइको काम अनुशासनको पहिलो मानक नै हो । तर सरसफाइलाई उनले कुनै पनि व्यक्ति या राष्ट्रकै समृद्धिको पहिलो खुड्किलो हो भन्छन् ।

उनले सुरुमा अष्ट्रेलिया र पछिल्ला वर्षहरूमा नेपालमै सरसफाइ अभियानमा गरेको काम देखेर नेपाली समाजलाई सिक्न बाध्य बनायो । एक दशकअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सफा गरेर उनले सरसफाइ कस्तो हुनुपर्छ भन्ने एउटा मानक नै प्रस्तुत गरेका थिए ।

मुलुकलाई समृद्ध बनाउन हरेक नागरिकको जागरण आवश्यक रहेको बताउने शर्माको देशका लागि केही गरौँ भन्ने हुटहुटी यसपटक भने पुस्तकका रूपमा बाहिर आएको छ । यो पटक शर्माले विचार र चिन्तनको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गरेर विभिन्न शीर्षकका २४ वटा पुस्तक डिजिटल स्वरूपमा प्रकाशन गरेर विश्व कीर्तिमान राख्न सफल भए ।

राष्ट्र निर्माणमा केन्द्रित रेहेर एउटै लेखकले एकैपटकमा फरक शीर्षकका धेरै पुस्तक प्रकाशन गरेकाले उनलाई आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरियो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणपत्र प्रदान गरेका थिए ।

‘रक्षा’, ‘गृह’, ‘परराष्ट्र’, ‘अर्थ’, ‘भूमि व्यवस्था’, ‘सहकारी तथा गरिबी निवारण’, ‘खानेपानी सरसफाइ तथा फोहर व्यवस्थापन’, ‘कृषि तथा पशुपन्छी विकास’, ‘श्रम तथा रोजगार’, ‘यातायात तथा नागरिक उड्डयन’, ‘शिक्षा’, ‘विज्ञान तथा प्रविधि’, ‘संस्कृति तथा पर्यटन’, ‘सञ्चार तथा सूचना प्रविधि’, ‘स्वास्थ्य तथा जनसङ्ख्या’, ‘सामाजिक विकास’, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन’, ‘युवा तथा खेलकुद’, ‘सहरी विकास’, ‘वन तथा वातावरण’, ‘कानुन, न्याय तथा संसदीय मामिला’, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ’, ‘उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार’, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन’ गरी विभिन्न शीर्षकका यी पुस्तकको डिजिटल प्रकाशन आज सार्वजनिक गरिएको हो ।

शर्माका यी डिजिटल पुस्तकहरूले विश्व कीर्तिमानमा नाम दर्ज गर्न सफल भएको छ । राष्ट्र निर्माणमा केन्द्रित रहेर एउटै लेखकले एकै पटक धेरै पुस्तक लेखेको विषयमा उनलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिइएको हो । ती सबै पुस्तक छ लाखभन्दा बढी शब्दका छन् । ती पुस्तकको विमोचनसँगै राष्ट्रियसभाका अध्यक्ष दाहालले शर्मालाई विश्व कीर्तिमानबाट प्राप्त प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरेका थिए ।

पुस्तक लेख्दाका अनुभव साट्दै शर्माले आफू धेरै रात अनिद्रा रहेको बताए । उनका अनुसार राष्ट्र निर्माणमा दृष्टिकोणको आवश्यक पर्छ । जुन यतिबेला मुलुकमा खाँचो छ । त्यसैले नेपालका मन्त्रालयहरूकै शीर्षक राखेर ती मन्त्रालयले के कस्तो काम गर्दा देश बन्छ भन्ने विषयलाई यी पुस्तकमा समेटिएको उनको भनाइ थियो ।

विमानस्थलमा सफाइको नमूना पेस गरेपछि त्यस लगत्तै पशुपतिनाथ क्षेत्र हुँदै नेपालका धेरै क्षेत्रमा सरसफाइएको अभियान नै चल्यो र त्यसको नेतृत्व उनले नै गरे । त्यसैले उनको पहिचान सफाइ अभियन्ता बन्न पुग्यो । अहिले त्यसैमा आफूलाई चिनाउन उनलाई रुची लाग्छ ।

समाचार वर्गहरू