एमसीसी विरुद्ध १८ दलले माघ २६ मा विरोध प्रदर्शन गर्ने

29

काठमाडौं – एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका १८ राजनीतिक दलहरुले माघ २६ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्दै संसद बाहिर रहेका १८ राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसी बिरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संयुक्त जनआन्दोलनले आगामी माग २६ गते दिउँसो १२ः३० बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई बानेश्वरतर्फ विरोध ¥यालीको रुपमा गई विरोधसभा गर्ने कार्यक्रम तय गरेको स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

आन्दोलन कार्यक्रममा नेपालको लागि नेपाली, जनसमाजवादी पार्टी नेपाल, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी ‘भावर’, उन्नत लोकतान्त्रिक पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, नेकपा समाजवादी, राष्ट्रिय मुक्ति आन्दोलन मोर्चा, जनसमाजवादी समाज नेपाल, सार्थक अभियान नेपाल लगायत राजनीतिक दल, संघसंगठन तथा अभियानहरुको समर्थन रहेको छ ।

त्यसैगरी नेकपा (माले), नेपालका लागि नेपाली पाटी, नेकपा (संयु्््क्त), त्रिमूल नेपाल पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), नेकपा (मालेमा केन्द्र), उन्नत लोकतन्त्र पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, नपालवाद पार्टी, नेकपा (समाजवादी), माओवादी कम्युनिष्ट पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय सष्तििक, एमसीसी विरोधी खारेजी अभियान, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनसमाजवादी मंच नेपाल, प्रगतिशील रुपान्तरण आन्दोलन, सार्थक अभियान नेपाल लगायत विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको उक्त आन्दोलनमा एक्यवद्धता जनाएका छन् ।

समाचार वर्गहरू