एमालेमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा रावल

17

काठमाडौं – नेकपा एमालेले १० बूँदे सहमति कार्यान्वयनका लागि गठित कार्य दलको संयोजककाे जिम्मेवारी उपाध्यक्ष भीम रावललाई दिएकाे छ ।

सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार बैठकले १० बूँदे सहमती कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि सो कार्य दललाई दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

कार्यदलमा रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्ण पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका थिए भने आज नेता शंकर पोखरेललाई पनि कार्यदलमा राख्ने निर्णय गरेको छ ।

समाचार वर्गहरू