(काठमाडौं) – मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ सुरु भएको छ । नेपाल बुद्धिचाल संघले राजधानीमा आयोजना गरेको प्रतितयोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेजमा शनिबार राष्ट्रपति भण्डारीले चेसको गोटी चालेर च्याम्पियनसिपको उद्घाटन गरेकी हुन् । कार्तिक २९ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपाल सहित एशियाका १५ राष्ट्रका एक हजार खेलाडीहरुले सहभागित जनाउँदै छन् ।
२१ सय भन्दा कम रेटिङ्ग भएका तथा तथा अधिकतम फिडेमास्टर सम्मका उपाधी प्राप्त खेलाडीहरुको सहभागिता रहने च्याम्पियनसिपमा नेपालबाट आधिकारीक रुपमा २०३२ रेटिङ्ग प्राप्त हालै मात्र मास्टर्र्स उपाधि विजेता पुरुषोत्तम चौलागाई र सुजना लोहनीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रत्येक राष्ट्रबाट आधिकारीक रुपमा दुई खेलाडी मात्र सहभागि हुन पाउने भएता पनि अन्य खेलाडीहरुले खुल्ला रुपमा आफुलाई प्रतिस्पर्धीको रुपमा उभ्याउन सक्ने छन् । नेपालबाट आधिकारीक खेलाडी सहित ७० खेलाडीहरुको सहभागिता रहेको छ ।
कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशी रहेको तथा स्विस लिग प्रणाली अनुरुप ९ चरण सम्म क्लासिक तथा ब्लिज दुई फरम्याटमा संचालन हुने च्याम्पियनसिपका विजेताले क्यान्डिडेट मास्टर र नगद १५ सय डलर तथा महिला तर्फ विजेताले उमनक्यान्डिडेट मास्टरको उपाधि सहित नगद ७ सय डलर प्राप्त गर्ने छन् । यस्तै पुरुष तर्फ उपविजेताले १ हजार र तृतीय हुनेले ७५० डलर प्राप्त गर्ने छन् ।
यस्तै, महिल तर्फ उपविजयीले नगद ५ सय र तेश्रोले नगद ३ सय डलर प्राप्त गर्नेछन् । अहिले सम्मकै ठूलो धनराशी पुरस्कार दाबी गरिएको च्याम्पियनसिपमा क्लासिक तर्फ ३७ र ब्लिज तर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
म्पियनसिपलाई स्वच्छ र मर्यादित बनाउनका लागि एयिशन चेस फेडेरेशनका डेपुटी प्रेसिडेन्ट भरत सिंह चौहान र विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिक बेल्गायिभको समेत उपस्थिती रहनेछ । च्यामिपयनसिप उद्घाटनमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ, विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिक बेल्गायिभले सफलताको शुभकामना ब्यक्त गरे ।