सिभिल इन्जिनियरिङ ल्याबरेटोरि एशोसिएशन र उद्योगमन्त्रीबीच भेट: कानूनी समस्या समधान गर्न आग्रह

73

काठमाडौं । नीजि क्षेत्रबाट सञ्चालित सिभिल ईन्जिनियरिङ प्रयोगशालाहरुको छाता संस्था सिभिल इन्जिनियरिङ ल्याबरेटोरि एशोसिएशन अफ नेपाल (CELAN) को एक प्रतिनिधि मण्डलले आज (मंगलबार) उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवसंग उद्योग मन्त्रालय सिँहदरबारमा भेटबार्ता भएको छ ।

सो भेटका क्रममा एशोसिएशनको तर्फबाट मन्त्री यादवलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरिएको छ । भेटमा सिभिल इन्जिनियरिङ प्रयोगशालाहरुको दर्ता, नियमन र अनुगमन गर्न कानुनको अभाव रहनुको साथै ती प्रयोगशालाहरुमा उपयोग हुने यन्त्र उपकरणहरुको अशंकन (Calibration) गर्ने निकाय कै अभाव समेत रहेको कारण निर्माण कार्यमा गुणस्तर कायम राख्ने कार्य समेत प्रभावित भएको जानकारी गराएको बताइएको छ ।

भेटकै क्रममा प्रत्यायन ऐन २०७९ जारी भएपनी नियमावलीको अभावमा सो ऐनको पुर्ण कार्यान्वयन हुन नसकेको तथा ऐन अनुसार नेपाल गुणस्तर तथा नापतौल बिभाग अन्तर्गत एउटा प्रत्यायन केन्द्र गठन गरे पनि साधन श्रोत नियमावलीको अभावमा सो केन्द्र निष्क्रिय समेत रहेको जानकारी गराउदै सो ऐन अनुसार केन्द्रले समरुपता परिक्षण गर्ने भनिएता पनि Calibration (अंशकन) Accredition (प्रबिणता परिक्षण) बिधालाई समाबेस गरे पनि Testing (नमुना परिक्षण) गर्ने निजि क्षेत्रबाट संचालित प्रयोगशालाहरुको सम्बन्धमा कुनै प्राबधानहरु नभएको जानकारी गराइएको सिभिल इन्जिनियरिङ एशोसिएसन अफ नेपालका केन्द्रिय अध्यक्ष राम शरण देउजाद्वारा जारी प्रेश बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो विज्ञप्तिमा यस क्षेत्रमा परेको समस्याको समधान र गुनासो समेत राख्दै नमुना परिक्षण, अशंकन र प्रबिणता परिक्षण कार्यमा सम्लग्न्न निजि कम्पनीहरुको प्रतिनिधि मुलक संस्थाहरुलाई सो प्रत्यायन ऐन २०७९ ले सरोकारवाला संस्थाको रुपमा कतै कुनै स्थान नदिएको, कुनै भुमिका उपलब्ध नगराएकोमा संस्थागत असन्तुष्टी समेत ब्यक्त गर्दै सो ऐनको संशोधन गरेर हुन्छ कि नियमावलीमा समेटेर हुन्छ सम्बन्धित बिषयका प्रतिनिधिमुलक संस्थाहरुलाई कानुनत भुमिका स्पष्ट गराउन अनुरोध समेत गरिएको उल्लेख गरिएको छ ।

समाचार वर्गहरू