समीर बास्तोला
कोरोना भाईरस “कोभिड-१९” रोगको महामारी र यसको सन्त्रासका कारण हाल विश्वजगत नै संकटमा गुज्रीरहेको छ । यस विशम परिस्थितीले गर्दा विश्वका प्राय सम्पूर्ण राष्ट्रहरु सचेतना,प्रतिरक्षा,सन्क्रमितको स्वाथ्यलाभ प्रयासमा तल्लिन छन। बिभिन्न राष्ट्रहरु लकडाउन घोषणा गरेर भाईरस फैलिन नदिन अनेक उपाय लगाइ प्रतिकुल समयलाई अनुकुल बनाउन लागि परेका छन ।
कोभिड–१९ को सन्त्रास सगै विश्वजगत अर्को मोडमा गैरहेको छ । भाईरस बाट बच्ने पुर्व तयारी,सन्क्रमितको स्वाथ्य ऊपचार र आवश्यकिय वस्तुको व्यबस्थापनका कारण एकातिर प्रत्येक देशको अर्थतन्त्र ओरालो लागेको छ । अर्कोतिर आय रहित व्यय मात्र दिनानुदिन थपिइ रहदा निकट भविश्यमा धेरै राष्ट्रहरु आर्थिक रुपले जर्जर र धराशयी हुने निश्चित प्राय छ ।
कोरोना भाईरसको प्रकोपसगै नेपालमा पनि अर्थ,स्वाथ्य र शिक्षा तीन क्षेत्रमा प्रतिकुल असर परेको देखिन्छ । शैक्षिक क्षेत्रको विद्यालय तह देखी उच्च शिक्षा (विश्वविद्यालय तह) सम्मका शैक्षिक गतिबिधीहरु ठप्प छन । विश्वविद्यालय तहका सबै परिक्षा र कक्षाहरु बन्द छन । राष्ट्रिय स्तरमा सन्चालन गरिने विश्वविद्यालय तहका परिक्षा जस्तै एस् एल सि को रुपमा १९९० साल देखी सन्चालित विद्यालय स्तर को कक्षा १० को माद्यामिक शिक्षा परिक्षा(SEE) २०७६ पनि सन्चालन को अघिल्लो साँझ स्थगित भयो । र नेपालभरका करिब ५ लाख विध्यार्थिहरु परिक्षाको तयारीमा रहेपनी परिक्षा दिन बाट बन्चित भए । पश्चात सरकारले देसभर लकडाउन को घोषणा गर्यो र लकडाउन लम्बिएर २ महिना भन्दा बढी भएसगै परिक्षा अन्योलमा गुज्रिइरहेको छ । अहिले को समय लाई हेर्नु पर्दा तालिका अनुरुप नतिजा प्रकाशन हुने समय सम्म आइपुग्दा समेत परिक्षा सन्चालनको गुन्जयास छैन ।
एस् इ इ (SEE) परिक्षा देशै भर एकै समयमा एकै तालिका अनुसार सन्चालन हुने र नतिजा समेत एकै पटक प्रकाशित हुने उच्च महत्व बोकेको परिक्षा हो । जस लाई विध्यार्थी, शिक्षक, विध्यालय र अभिभावकले स्कुल जीवन को फाइनल परिक्षा को रुपमा हेर्दछन । वास्तबमा आज सम्म विद्यालय स्तरमा निरन्तर मुल्याङ्कन बिधी को पूर्ण पालना र लागू नभैसकेको/नगरिसकेको अवस्थामा र साल भरि विध्यार्थीहरु लाई परिक्षा को निम्ती भनी तयारी गराइएको अवस्थामा परिक्षा हुन जरुरी छ । चाहे ढिलो वा चाडो होस् परिक्षा सन्चालन गरी विध्यार्थीहरु को मेहेनत,समय र तयारी लाई खेर नफाली न्याय दिनु अती आवश्यक छ ।
करीब १४ वर्सका कलीला वलवालिकाहरु लाई परिक्षा रद्ध गरी वा स्वमुल्याङ्कन भनी अन्यायमा पारिनु हुँदैन । मेहेनती र लगनसिल विध्यार्थी हरुको लाई जीवनभरका लागि नराम्रो छाप पर्न सक्छ । साथै कोराना को बिसेशण सहित को ट्याग लाग्न सक्छ । त्यस को दोस समय परीस्थिती मात्र नभै निर्णयकर्ता मा समेत आउन सक्छ । त्यसैले वाल मनोबिज्ञान लाई सम्मान गर्न,आगामी दिनका लागि सबल र सक्षम नागरिक उत्पादन गर्न स्वमुल्याङ्कन वा स्वत: उतिर्ण वा विद्यालय को मुल्याङ्कन कुनै पनि बिधी शैक्षिक रुपमा अब्बल मानिएका विध्यार्थीका लागि हितकर हुँदैन ।
अत स्थगित परिक्षा लाई एक परिक्षा कै रुपमा अबलम्बन गरिनु पर्दछ । चाहे यसका लागि फरक बिधी, सन्यन्त्र तरिका वा साधन श्रोत किन नहोस सही सम्बोधन साथ निकास दिन जरुरी छ ।
एस् इ इ (SEE) परिक्षा लाई एक उत्क्रिस्ट परिक्षा को रुपमा सन्चालन गर्न अहिलेको अवस्थामा अन्लाईन परिक्षा प्रणाली अपनाउन सकिन्छ । सरकारले असार १ गते देखी विध्यार्थीहरुलाई शिक्षा प्रदान गर्न वैकल्पिक कक्षा सन्चालन गर्न निर्देशिका जारी गरेर अघी बड्ने निर्णय गरेको छ । अब कक्षा सन्चालनमा यो बिधी अबलम्बन गर्न सकिन्छ भने कक्षा १० का विध्यार्थीहरुको लागि पनि बैकल्पिक व्यबस्था गर्न लाई असहज भने छैन । फास्ट ट्र्याक् बाट विध्यार्थी को अवस्था र पहुच लाई यकिन गरी भएका साधन र स्रोत प्रयोग गरेर र साधन श्रोत नभएका लाई अश्थाई रुपले साधन श्रोत उपलब्ध गराएर अन्लाईन प्रणली बाट परिक्षा सन्चालन गर्न सकिन्छ । र त्यस को पनि उपयोग गर्न नसक्ने लाई सामाजिक दुरी कायम राखेर भए पनि मौखिक तथा लिखित दुबै माध्यम बाट परिक्षा सन्चालन गर्न सकिन्छ ।
परिक्षा लाई बैकल्पिक बिधी बाट सन्चालन गर्न साधन श्रोतको प्रयोग को लागि बिभिन्न संघ सस्था ब्यक्ती वा निकायको सहयोग लिन सकिन्छ । सुबिधा सम्पन्न विद्यालयहरु ले सरकार लाई सहयोग गर्न तत्पर रहनु पर्दछ । यदी यो प्रकृयामा जान सकेमा राष्ट्रिय महत्व बोकेको एस् इ इ(SEE) परिक्षा को अन्योलता हटेर जाने साथै यो ममिलामा सम्पूर्ण तयारी भैसकेको परिक्षा लाई टुंगोमा पुर्याउदा परिक्षा बोर्डको पनि सफालता जोडीने र विध्यार्थी,शिक्षक, अभिभावकको मेहेनतको उचित कदर हुन सक्नेछ ।
(बास्तोला प्रशान्ति एकेडेमी कपनका प्रीन्सिपल तथा एन प्याव्सन काठमाडौंका सह-सचिव हुन् ।)