ए डिभिजन लिगमा आज २ खेल हुँदै

24
फाइल फोटो

(काठमाडौं) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तेस्रो चरणका २ खेल हुँदैछन् । पहिलो खेलमा आज मछिन्द्र र फ्रेण्ड्स क्लब आमनेसामने हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे मैदान उत्रदा मछिन्द्र दोस्रो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा जित निकालेको मछिन्द्र दोस्रो खेलमा बराबरीमा रोकिएको थियो । सुरुवाती दुबै खेल गुमाएको फ्रेण्ड्स सिजनको पहिलो अंक निकाल्ने दाउमा छ । मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा च्यासल र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल पनि सोही मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । सुरुवाती २ मध्ये एकमा जित र अर्को बराबरीको नतिजा निकालेको च्यासल दोस्रो जितसंगै शीर्ष स्थानमा पुग्ने योजनामा छ ।

एनआरटी भने दोस्रो जितको खोजीमा रहेको छ । दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू