(काठमाडौं) – सहिद स्मारक ए डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार मंसिर २८ गतेबाट सुरु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) भिड्ने भएका छन् । खेल दशरथ रंगशालामा हुनेछ ।
पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट दुई दुई खेल हुनेछ । फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् । यस पटकको लिग रेलिगेसन सहितको हुनेछ ।
यसैबीच, लिगको नियमावली उपलब्ध नगराएको भन्दै सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब, न्यूरोड टीम एनआरटी र च्यासल युथ क्लबले ड्र सार्वजनिक गर्ने कार्यक्रम नै बहिष्कार गरेको छ । एन्फाले आइतबारसम्ममा नियमावली उपलब्ध गराउने आश्वासन दिएपनि ती क्लबले ड्र बहिस्कार गरेको हो ।
