काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।
काठमाण्डौको भृकुटीमण्डपमा मंगलबार भएको चुनावीसभामा सामाजिक सञ्जालमा चर्चामा रहेका गौतम एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा हस्तान्तरण गरेर स्वागत गरेका थिए । अध्यक्ष ओलीको खुट्टा छोएर एमालेको झण्डा समातेका गौतमले नेकपा एकीकृत समाजवादी काँग्रेसको पुच्छर समातेकोले आफु एमाले प्रवेश गरेको बताए ।
गौतम युट्युबरलाई विभिन्न विषयमा अन्तरवार्ता दिएर र बेला–बेला विभिन्न विवादित क्रियाकलाप गरेर चर्चामा आइरहने पात्र हुन् ।