काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत रहेका राणासँग एमाले अध्क्ष ओलीको बिहीबार बेलुकी भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ ।
अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक घटनाक्रम र वैशाखमा हुने स्थानीय चुनावलगायत विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘एमाले र राप्रपाबीच संवाद गर्दै जाने भन्ने छ।’
‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुपर्यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, भेटपछी राणाले भने, ‘अध्यक्ष ओली र मबीच अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’