कञ्चनपुरमा बाटो नै नभएको ठाउँमा बनेको पुल भाइरल मात्रै

24

काठमाडौं – कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मा दुवैतिर बाटो नै नपुगेको खोलामाथि पुल बनाइएको छ । २०७७/७८ मा पाँच लाखको लगानीमा वडा कार्यालयले यो पुल बनाएको हो ।

स्थानिय माग अनुसार उपभोक्ता समिति बनाएर वडा कार्यालयले बनाएको यो पुल बाटो नबनेर अलपत्र परेको अवस्था छ ।

सो खोलाबाट खलाधैयाँ र ओलानीका विद्यार्थीहरू अध्ययनका लागि कृष्ण उच्च माध्यमिक विद्यालय जाने गर्दछन् । तर पुल अधुरो हुँदा विद्यार्थी, बिरामी, गर्भवती महिला अस्पताल लैजान निकै घुमेर जान पर्ने बाध्यता रहेको त्यहाँका स्थानीय बताउँछन ।

“हाम्रो  यता पुल नभएको कारणले हामीलाई दैनिक उपभोग्य सामान ओसारपसार गर्न र बालबालिकाहरू तथा बुढापाखाहरुलाई अस्पताल लैजान समस्या छ ।” एक स्थानीय युवाले भने “यो पुल लगभग २/३  वर्ष भइसक्यो तर स्थानीय सरकारले कुनै चासो नदिएपछि जस्ताको त्यस्तै छ ।”

पुल निर्माणको काम सम्पन्न भएपछि वडा कार्यालयबाट बजेट विनियोजन नभएकाले पुल सञ्चालन गर्न नसकिएको पुल निर्माण उपभोक्ता समितिका सचिव नारायण गिरीले जानकारी दिए ।

पुल बनाएर बाटो नबनाएपछी स्थानियहरु समस्यामा परेका छन् भने सरकारी बजेटबाट बनेको यो पुल भाइरल हुने काममा मात्र सीमित भएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू